विराटनगर । पूर्व मन्त्री तथा मोरङ–६ का वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी सुतली बम प्रहार भएको छ।
प्रतिनिधिसभा उम्मेदवार पण्डित र प्रदेशसभा उम्मेदवार जीवन आचार्यलाई लक्षित गरि बुढीगंगा गाउँपालिकामा सुतली बम प्रहार भएको प्रहरीले जनाएको छ।
बम आक्रमणबाट कुनै मानविय क्षति भने भएको छैन्। बम कसले र किन आक्रमण गरेको भन्ने बारे केही नखुलेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थल वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कडा बनाएको छ।
-डिसी नेपालबाट ।